दफा
अधिग्रहण गरेको फुकुवा गर्ने

(१) नेपाल सरकारले यस ऐन अन्तर्गत अधिग्रहण गरेको कुनै सम्पत्ति
जुनसुकै बखत फुकुवा गर्न सक्दछ र त्यो सम्पत्ति नेपाल सरकारले अधिग्रहण गर्दा जुन हालतमा
थियो, यथासम्भव सोही हालतमा फर्काई दिनेछ ।
तर दफा ५ को
दोस्रो प्रकरण बमोजिम गरिएको अदल बदल र चलन चल्तीबाट भएको
स्वाभाविक नोक्सानी वा दैवी घटनाको विचार गरिने छैन ।
(२) कुनै सम्पत्ति अधिग्रहणबाट फुकुवा गर्दा नेपाल सरकारले कुनै जाँचबुझ गर्न
गराउन आवश्यक सम्झे सो जाँचबुझ गरी गराई सो सम्पत्ति कसलाई फिर्ता दिने हो सो कुराको
लिखित सूचना दिनेछ र यथासम्भव सो सम्पत्ति अघि जसबाट अधिग्रहण गरिएको हो, उसैलाई वा
त्यसमा दावी पुग्ने उसैका हकवालालाई दिइनेछ ।
(३) अधिग्रहण गरिएको सम्पत्ति उपदफा (२) अन्तर्गत निकालेको आदेशमा उल्लेख
गरिएको व्यक्तिलाई बुझाई दिएपछि त्यस सम्पत्ति बारे नेपाल सरकारको सबै दायित्व खतम
हुनेछ । तर सम्पत्ति बुझिलिने मानिसको विरुद्ध सो सम्पत्तिमा हक पुग्ने अरु कुनै व्यक्तिको
कानूनी रीत पु¥याई आफनो हक प्रचलन गर्ने अधिकारमा कुनै खलल गर्नेछैन ।
(४) अधिग्रहण गरिएको सम्पत्ति फिर्ता बुझी लिने व्यक्ति पत्ता नलागेमा र सो
व्यक्तिको तर्फबाट बुझिलिने अख्तियार पाएको कुनै एजेण्ट वा अरु व्यक्ति नभएमा नेपाल
सरकारले सो सम्पत्तिको अधिग्रहण फुकुवा गरिएकोछ भनी नेपाल राजपत्रमा सूचना प्रकाशित
गर्नेछ र त्यस्तो सूचना प्रकाशित भएको मितिदेखि सो सम्पत्ति सरोकारवाला व्यक्तिलाई बुझाई
दिएको सम्झिइनेछ ।